PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

पिँजडाको सिक्वेलमा पनि आउँदैछन् निखिल उप्रेती



पहिलोपोस्ट

पिँजडाको सिक्वेलमा पनि आउँदैछन् निखिल उप्रेती

काठमाडौं : पवन मैनाली निर्देशित निखिल उप्रेतीको डेब्यु फिल्म 'पिँजडा'को सिक्वेल बन्ने भएको छ। निखिलकै अभिनयमा रहने 'पिँजडा ब्याक अगेन' घोषणा भएको हो।
 
द्वन्द्व निर्देशक हिमाल केसीको निर्देशनमा बन्न लागेको फिल्ममा निखिलको अपोजिटमा सारा शिर्पाली देखिने भएकी छिन्। सारा फिल्म 'रुद्र'मा पनि मुख्य अभिनेत्रीको रुपमा देखिँदै छिन्।
 
फिल्म निर्देशनमा केसीको यो दोस्रो प्रोजेक्ट हो। यसअघि उनको निर्देशनमा 'किल्ला' बनेको थियो। फिल्ममा निखिल र सारासँगै अशिष्मा नकर्मी, पुकार भट्टराईको पनि अभिनय रहनेछ।
 
मौनता श्रेष्ठको निर्माणमा बन्न लागेको 'पिँजडा ब्याक अगेन'मा राजनराज शिवाकोटी, अर्जुन पोखरेल, वसन्त सापकोटा र महेश खड्काको संगीत रहनेछ।  फिल्म युनिट माघ १५ बाट सुटिङका लागि फ्लोरमा जाने निर्देशक केसीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell