PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​युथ एसिया कप : नेपाल भारतसँग ६ विकेटले पराजित, सेमिफाइनल पुग्ने सम्भावना समाप्त



पहिलोपोस्ट

​युथ एसिया कप : नेपाल भारतसँग ६ विकेटले पराजित, सेमिफाइनल पुग्ने सम्भावना समाप्त

काठमाडौं : एसीसीयुथ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १७३ रनको लक्ष्य भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‌यो।

भारतको जितमा दुई खेलाडीले अर्धशतक पुरा गरे। सुवमन गिलले सर्बाधिक ५७ रन बनाए भने हिमाशुं रानाले ५१ रन जोडे। प्रियाम गार्ग ३६ तथा सल्मान खान १९ रनमा नटआउट रहे। भारतका ओपनर पृथ्वी शाव ५ तथा कप्तान अभिशेक शर्मा २ रन बनाए आउट भए।

नेपालका लागि पवन सराफले ३ विकेट लिए। यस्तै १० ओभर बलिङ गरेका सन्दीप लामिछानेले १ मेडन राख्दै ३५ रन खर्चेर १ विकेट लिए।

यसअघि आठौं नम्वरमा ब्याटिङ गरेको रोहित कुमार पौडेलले नटआउट ६८ रन बनाएपछि नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा १७२ रन बनाएको थियो। रोहितले अन्तिम ओभरमा २४ रन जोडेका थिए। यस्तै दिपेन्द्र सिंह ऐरीले ३४, आसिफ शेखले १८ तथा प्रकाश केसीले १३ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंक छुन सकेनन्। भारतका राहुल चाहार एक्लैले ५ विकेट लिए।

समूहमा लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल प्रवेश गर्ने सम्भावना सकिएको छ। नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो।

यता लगातार दुई खेल जितेका भारत र घरेलु टोली श्रीलंका भने समूह चरणमा एक खेल खेल्नु अघि नै समूह ए बाट सेमिफाइनल प्रवेश गरेका छन्।
श्रीलंकाले दोस्रो खेलमा आज मलेसियालाई ८ विकेटले पराजित गरेको हो।

नेपालले अब समूह चरणको अन्तिम खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। 
(फोटो रमन शिवाकोटी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell