PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रसङ्घका नयाँ महासचिवले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने



पहिलोपोस्ट

राष्ट्रसङ्घका नयाँ महासचिवले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने

संयुक्त राष्ट्रसङ्घ : संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव एन्टोनियो गुटेर्रेसले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने घोषणा गरेका छन्।
 
उपमहासचिवको पदमा नाइजेरियाकी अमिना जे मोहम्मदलाई र अन्य दुई महिलालाई वरिष्ठ व्यवस्थापक पदमा नियुक्त गर्ने उनले बताए।डिसेम्बरमा महासचिव बान की मुनको कार्यकाल सकिएपछि गुटेर्रेसले आउँदो जनवरी १ देखि महासचिवको कार्यभार सम्हाल्दैछन्।
 
उपमहासचिवमा नियुक्त हुन लागेकी मोहम्मद नाइजेरियाको बहालवाला वातावरण मन्त्री हुन्। उनले बिदाइ हुन लागेका महासचिव मुनलाई पनि विशेष सल्लाहकारको रुपमा सहयोग गर्दै आएकी छिन्।
 
गुटेर्रेसले ब्राजिलकी म्यारिआ लुइजा रिबेइरो भिओट्टीलाई प्रमुख स्वकीय सचिवका रुपमा र क्युङ वहा काङलाई नीतिगत विषेश सल्लाहकारको रुपमा नियुक्त गर्न लागेको प्रवक्ता डुजर्रिकले जानकारी दिए।
 
‘उच्च क्षमतावान यी तीन महिलाको सहयोग लिन पाउँदा म धेरै खुसी छु, अन्तर्राष्ट्रिय मामिला, विकास, कूटनीति, मानवअधिकार र मानवीयताका क्षेत्रमा उहाँहरुको विगतको प्रभावशाली भूमिका देखेर छानेको हुँ,’ गुटेर्रेसले भनेका छन्।
 
भिओट्टी ब्राजिलको विदेश मामिला मन्त्रालयको एसिया र प्यासिफिक क्षेत्र हेर्ने बहालवाला उपसचिव हुन्। त्यहाँ रहेर उनले विषेश गरेर ब्रिक्सका लागि काम गरेकी छिन्।
 
काङ भने सन् २०१३ देखि राष्ट्रसङ्घका महासचिवको मानवीयताका मामिलातर्फको सहायक सचिव र त्योभन्दा अगाडि सन् २००७ जनवरीदेखि २०१३ मार्चसम्म मानवअधिकार उच्च उपआयुक्त थिइन्।रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell