PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

प्रहरीभित्र डिआइजी बढुवा लफडा : रिक्तै नभएको २ पदमा दवाबमा सिफारिस



पहिलोपोस्ट

प्रहरीभित्र डिआइजी बढुवा लफडा : रिक्तै नभएको २ पदमा दवाबमा सिफारिस

काठमाडौं : डिआइजीका लागी एक पद मात्रै रिक्त भए पनि राजनीतिक दवाबमा गृह मन्त्रालयमा रहेको बढुवा सिफारिस समितिले तीन जना एसएसपीको नाम सिफारिस गरेको छ । 

पदावधिको आधारमा दुई जना डिआइजीले अवकास पाउन चार दिन बाँकी रहँदै गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी गणेश केसी, केदारमानसिंह भण्डारी र रमेश भट्टराईलाई डिआइजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो । 

त्रिभुवन विमानस्थल सुरक्षा गार्डको प्रमुखको रुपमा काम गर्दा सेवाग्रहीसँग घुस खाएको घटनामा गोपाल भण्डारी कारवाहीमा परेका थिए। कारवाही प्रकृयामै रहँदा उनले अवकास पाएपछी डिआइजीको एक पद रिक्त थियो। 


प्रधान कार्यालय रिक्त पदमा मात्रै बढुवाको सिफारिस गर्ने पक्षमा रहे पनि अन्य आकांक्षीका कारण दवाब बढेपछी डिआइजी हेमन्त मल्ल ठकुरी र केशव अधिकारीले अवकास पाउनु अगाडि नै दुबै पदमा समेत बढुवा हुनेगरी सिफारिस गर्न शुक्रबार निर्णय भएको हो । डिआइजीको पदावधीको आधारमा पुस ५ गते मल्ल र अधिकारीले अवकास पाउँदैछन् ।

रिक्त पदमा बढुवाका लागी एसएसपी केसी सबैभन्दा अगाडि भए पनि एकल बढुवा हुँदा यदि प्रहरीमा रहेको ३० वर्षीय सेवा अवधि हट्दा नेतृत्वका लागी उनी एकल दावेदार हुने भएपछी संगै अन्यको समेत बढुवाको लागि दवाव बढेको थियो ।

स्रोतका अनुसार एसएसपी केसीपछी बढुवाका लागी लव विष्ट अगाडि थिए । एसएसपी भण्डारी र भट्टराई दुबै ललितपुर परिसरको एसएसपी हुँदा विवादमा तानिएका अधिकारी हुन् । 

ललितपुरको प्रमुखहुँदा प्रहरी निरिक्षकलाई कुट्दा कांग्रेस निकट मिनकृष्ण महर्जनलाई कारवाही नगरेपछि भण्डारी विवादमा तानिएका थिए । प्रहरी महानिरिक्षकले खोज्दा विदामा बसेको बताए पनि  मदिरामा लट्ठ भएको अवस्थामा फेला परेपछि भट्टराई कारवाही स्वरुप ललितपुरको प्रमुखबाट तानिएका थिए । 

पुस १५ भित्रमा बढुवा नभए केसी, भट्टराई, भण्डारीले अवकास पाउँदै थिए । लामो समय कांग्रेसमा रहेर राजनीतिक उचाइ बढाएर पछी मधेस केन्द्रीत दलमा गएका शरदसिंह भण्डारीका नातेदार भण्डारी र गृहमन्त्री निकट भट्टराई छुटाएर बढुवा प्रकृया अगाडि बढाउन सम्भव नदेखेपछी प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल समेत रिक्तै नभएको पदमा बढुवाको सिफारिसका लागी राजी भएका हुन् ।

स्रोतका अनुसार प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएको एक सातामा मात्रै औपचारिकता लिने र यो विचमा डिआइजीको २ पद रिक्त हुने आधारमा टेकर रिक्त हुन बाँकी पदका लागी समेत बढुवा सिफारिस गर्न समिति राजी भएको हो ।

बढुवा सिफारिस भइसकेपछी पनि लोकसेवा आयोगको नेतृत्वमा रहेको उजुरी समितिमा उजुरी दिने बाटो भने खुल्लै छ । उजुरी परेमा समितिले सिफारिस नगरेसम्म बढुवाको प्रकृया अगाडि बढ्न सक्दैन । उजुरी नपरे सिफारिस भएको १५ दिनभित्र बढुवा गर्नुपर्ने कानुनी प्रावधान छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell