
काठमाडौं : त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत एसपी प्रमोद खरेलले राजीनामा दिएका छन् । स्रोतका अनुसार डिभी परेपछि उनले एसपी पदबाट राजीनामा दिएका हुन् ।
केही दिनभित्रै उनी परिवार सहित अमेरिका जाने तयारीमा रहेको विश्वस्त स्रोतले जानकारी दियो । स्रोतका अनुसार खरेलले दिएको राजीनामा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले स्वीकृत गरिसकेका छन् ।
खरेलको राजीनामा स्वीकृत भएको फाइल प्रहरी प्रधान कार्यालयको मानस्रोत विभागमा पुगेको प्रधान कार्यालयस्रोतले पुष्टी गर्यो । खरेलको राजीनामासँगै एसपीमा २९ वटा पद रिक्त भएको छ ।
त्यसमध्ये केही पदमा डिएसपीबाट एसपीमा बढुवाका लागी प्रधान कार्यालयले गृहकार्य शुरु गरेको छ । स्रोतका अनुसार बढुवाको आकांक्षीमा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा सेवा स्थानान्तरण गरेका डिएसपीहरु समेत छन् ।
तर उनीहरुको साटो संगठनमा सिधै भर्ना भएकाहरुलाई पहिलो लटमा बढुवा गर्ने पक्षमा प्रहरी नेतृत्व रहेको स्रोतले जानकारी दियो ।