PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

प्रहरीमा बढुवा मौसम : जनपदतर्फका १५ , स्वास्थ्य उप समूहका ११ डिएसपीको बढुवा सिफारिस



पहिलोपोस्ट

प्रहरीमा बढुवा मौसम : जनपदतर्फका १५ , स्वास्थ्य उप समूहका ११ डिएसपीको बढुवा सिफारिस

काठमाडौं : प्रहरीको बढुवा सिफारिस समितिले १५ जना डिएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिले रिक्त २१ मध्ये १५ पदमा मात्र बढुवाको सिफारिस गरेको हो । 

प्रधान कार्यालयले सार्वजनिक गरेको बढुवा सिफारिसमा परेका राजेन्द्रसिंह खड्का र योगबहादुर पाल राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका प्रहरी अधिकारी हुन् । समितिले राजेन्द्रकुमार थापा क्षेत्री, रामकुमार थापा, राजकुमार लम्साल, अनुराग कुमार द्विेदी, चन्द्र कुवेर खापुगं, विद्यानन्द माझी, सानुकाजी लामिछाने, बिपिनकुमार लामिछाने, बिपिनकुमार कर्माचार्य, मधुसुदन लुइटेल, डिल्लीराज पन्त, ध्रवराज राउत, मोहन प्रसाद पोख्रेल, राजेन्द्रसिंह खड्का, टिकाबहादुर केसी र योगबहादुर पाललाई एसपीका लागी सिफारिस गरेको हो ।

प्रहरीको बढुवा सिफारिस समितिले शुक्रबारनै एसएसपी गणेश केसी, केदारमानसिंह भण्डारी र रमेशकुमार भट्टराईलाई डिआइजीमा बढुवाको सिफारिस गरेको थियो । 

७ डाक्टरको एसपीमा बढुवा सिफारिस

शुक्रबार नै प्राविधिकतर्फको स्वास्थ्य उप समुहमा रिक्त ७ एसपी पदका लागी डा अभिमन्यु श्रेष्ठ,  दामोदर पौडेल, मनोजकुमार यादव,  बिपिनकुमार श्रेष्ठ, संजिता दाहाल, सुरज राना र दीपा न्हुच्छे प्रधानको नाम सिफारिस गरेको छ ।
स्वाथ्यमै प्यारामेडिक्स उप समुहका २ जना डिएसपीलाई एसपीमा, र्नसिगं उप समुहमा डिएसपी दिलकुमार गुरुगंलाई एसपीमा र स्वास्थ्य उप समूहको प्राविधिकतर्फको रिक्त एसपीको एक पदमा नवलकिशोर झाको बढुवाको सिफारिस भएको छ ।








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell