
जर्मन बुण्डेसलिगामा होफेनहेइमले यस सिजनको नवौ बराबरी खेल खेलेको छ। शुक्रबार भएको खेलमात्र खेलमा होफेइनहेइम र बोरुसिया डर्टमण्डले २-२ गोलको बराबरी खेलेका हुन्।
घरेलु मैदानमा डर्टमण्डसँग बराबरी खेलेपछि होफेनहेइमले यस सिजन बुण्डेसलिगामा अपराजित यात्रालाई १५ खेलसम्म निरन्तरता दिएको छ। जारी जर्मन लिगमा होफेनहेइम अपराजित रहने एक मात्र टोली हो। खेलमा दुई पटक अग्रता लिएर पनि होफेनहेइमले जोगाउन सकेन।
तेस्रो मिनेटमै मार्क उथले गोल गर्दै होफेनहेइमलाई अग्रता दिलाए तर ११ औं मिनेटमा डर्टमण्डका मारियो गोट्चेले बराबरी गोल फर्काए। २० औं मिनेटमा सान्ड्रो वागनर गोल गरेपछि घरेलु टोलीले २-१ को अग्रता बनायो। तर यो अग्रता पनि पहिलो हाफको अन्त्यसम्म मात्र रह्यो।
४१ औं मिनेटमा मार्को रिउस दोहोरो पहँले कार्ड बेहोर्दै मैदान बाहिरिएपनि डर्टमण्ड पहिलो हाफमै १० खेलाडीमा झरेको थियो।
तर एक खेलाडी कम हुनका बावजुत पनि डर्टमण्डले दोस्रो हाफको सुरुवातमै गोल गर्यो। ४८ औं मिनेटमा पिएरे एमरिक औवामेयाङले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए।
त्यसपछि १० खेलाडीमा रहेको डर्टमण्ड विरुद्ध ११ खेलाडी रहेको होफेनहेइमले गोल थप्न सकेन र बराबरी खेल्दै अंक बाँडे।
बराबरीपछि होफेनहेइम २७ अंक जोड्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेल्दै समान २७ अंक जोडेको हेर्थ बर्लिन गोल भिन्नतामा चौथो स्थानमा छ। १५ खेलबाटै २६ अंक जोडेको डर्टमण्ड पाँचौ स्थानमा छ।
१४ खेलबाट ३३ अंक जोडेको वायर्न शीर्ष स्थानमा छ भने समान अंक रहेको लेइपजिग गोल भिन्नतामा दोस्रोमा छ।