PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

वनभोजका लागि विद्यार्थी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु



पहिलोपोस्ट

वनभोजका लागि विद्यार्थी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं : वनभोजका लागि विद्यार्थी बोकेको बस दक्षिणकालीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  छ। बसमा सवार २३ जना घाइते भएका छन्। कक्षा १२ मा पढ्ने १८ वर्षीय युवराज केसीको घटनास्थलमै ज्यान गएको फर्पिङ प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका ३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने बाँकी घाइतेहरुको मोहनमोहन मेमोरियल र दक्षिणकाली पोलिक्लिनिकमा उपचार भइरहेको छ। 
 
ललितपुर जावलाखेलस्थित क्यारेबियन स्कुलका विद्यार्थी चढेको बा २ ख ६९२२ नम्बरको गाडी बिहान साढे ८ बजे दक्षिणकाली नगरपालिका–११ लामागाउँमा दुर्घटना भएको हो। बस सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell