लहान : एक महिनादेखि हराएकी एक महिलाको शव कुहिएको अवस्थामा आज बिहान सिरहा प्रहरीले फेला पारेको छ।
गत कात्तिक २८ गतेदेखि हराएकी सिरहाको मिर्चैया नगरपालिका– ५ निवासी ४० वर्षीया ठकनीदेवी साहको शव इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फेला पारेको हो। मिर्चैया नगरपालिका– ५ स्थित जिवा जङ्गलमा कुहिएको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए।
शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस