PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

साउनभित्रै कुलेखानी तेस्रो आयोजना सक्न प्रधानमन्त्रीले दिए निर्देशन



पहिलोपोस्ट

साउनभित्रै कुलेखानी तेस्रो आयोजना सक्न प्रधानमन्त्रीले दिए निर्देशन

मकवानपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलेखानी तेस्रो जलविद्युत आयोजना साउन १५ भित्रै निर्माण सम्पन्न गरिसक्न निर्देशन दिएका छन्।
 
शनिबार कुलेखानी तेस्रोको पावर हाउस, टनेल, निर्माण स्थलको अवलोकनपछि उनले आफू प्रधानमन्त्री भएपछि राष्ट्रिय आयोजनासहित महत्वपूर्ण परियोजनाको स्थलगत निरीक्षण र अनुगमनमा रहेको जानकारी गराए। सो क्रममा उनले आयोजनामा ढिलासुस्ती र अपारदर्शिता कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारे।
 
जिल्लाका राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालयका प्रमुखहरु तथा आयोजनासँग सम्बन्धित कर्मचारीको उपस्थितिमा प्रधानमन्त्रीले कुलेखानी तेस्रोलाई निर्धारित समयभन्दा अगावै पूरा गर्न सरकारको तर्फबाट सबै किसिमको सहयोग र समन्वय रहने बताए।
 
आर्थिक वर्ष ०६३/६४ मा निर्माण कार्य सुरु भएको उक्त परियोजना आगामी ०७४ साउनमा सम्पन्न गरिसक्ने लक्ष्य छ। ४ अर्ब ६३ करोडको लागतमा निर्माण गरिने परियोजनावाट १४ मेगावाट विद्युत उत्पादन हुनेछ। आयोजनाको हालसम्म ८६ प्रतिशत कार्य सम्पन्न भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell