PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

संविधान र व्यवस्था जोगाउन कांग्रेसले अप्रिय निर्णय लिन सक्छ : नेता सिंह



पहिलोपोस्ट

संविधान र व्यवस्था जोगाउन कांग्रेसले अप्रिय निर्णय लिन सक्छ : नेता सिंह

ललितपुर : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान र व्यवस्था जोगाउन कांग्रेसले जस्तोसुकै अप्रिय निर्णय लिन सक्ने बताएका छन्। सबैलाई मिलाए अघि बढ्नु अपरिहार्य रहेको भन्दै उनले असन्तुष्ट समूहलाई सम्बोधन गर्नकै लागि संविधान संशोधनको प्रयास भइरहेको बताए।
 
गणेशमान सिंह केन्द्रद्वारा स्वर्गीय नेता गणेशमान सिंहको १०१औँ जन्मदिवसको अवसरमा आयोजित ‘लोकतन्त्रको संस्थागत विकास र गणेशमान सिंह’ विचार गोष्ठीमा बोल्दै नेता सिंहले पार्टीभित्रका केही जिम्मेवार नेताले नै अस्वाभाविक  अभिव्यक्ति दिएकोमा भने आपत्ति जनाए।
 
दोस्रो संविधानसभाबाट प्राप्त भएको संविधानलाई रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउँदै उनले २०७४ माघभित्र विभिन्न तीन चरणको निर्वाचन सम्पन्न गराउन पनि संविधानको कार्यान्वयन अपरिहार्य भएको भनाइ राखे।
 
सो कार्यक्रममा नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापित गराउन उल्लेखनीय योगदान पुर्‍याउने चार प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको थियो। सम्मानित हुनुहुनेमा मार्सलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाल छन्। फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell