
फोर्ब्सले अहिलेसम्मकै सबैभन्दा धेरै पैसा कमाउने २० खेलाडीको सूची सार्वजनिक गरेको छ। जसमा गल्फ, बास्केटबल र बक्सिङ खेलाडीको वर्चस्व रहेको छ। गल्फबाट सबैभन्दा धेरै ५ खेलाडी छन् भने बास्केटबलका र बक्सिङबाट समान ४ खेलाडी छन्। यस्तै फुटबलबाट ३ तथा टेनिस, फर्मुना वान, बेसबल र कार रेसिङका समान १ खेलाडी छन्।
फुटबल खेल विश्वकै चर्चित भएपनि शीर्ष १० भित्र एक फुटबल खेलाडी छन्। त्यसबाहेक २० जनाको सूचीमा अन्य २ खेलाडी पनि छन्।
फोर्ब्सले खेलाडीको स्यालरी, प्राइज मनी, बोनस, एन्डोरमेन्टलाई समेटेर उक्त सूची तयार पारेको छ।
अहिलेसम्मकै धनी खेलाडी यस्ता?
१. माइकल जोर्डन १.७ विलियन अमेरिकी डलर
बास्केटबलका यी लेजेण्ड अहिले पनि एनबिए खेलिरहेका खेलाडीहरु भन्दा बढी वार्षिक आम्दानी गरिरहेका छन्।
२. टाइगर उड्स १.६५ विलियन
गल्फ खेलाडी उड्को खेल जीवनमा विभिन्न खालको उतारचढाव आए पनि उनी अझै पनि धेरै कमाउनेमा अगाडि छन्।
३. अर्नोल्ड पाल्मर १.३५ विलियन
गल्फ इतिहासकै लेजेण्ड हुन् पाल्मर। अमेरिकी खेलाडी पालमरको यही वर्ष सेप्टेम्वरमा निधन भयो।
४. ज्याक निकलउस १.१५ विलियन
गोल्डेन बियरको उपनामले परिचित ज्याक निकलउस रिटायर्ड अमेरिकी गल्फर हुन्।
५. माइकल सुमाकर १ विलियन
जर्मनीका सुमाकर फर्मुला वानका कीर्तिमानी खेलाडी हुन्। उनले ७ पटक विश्व च्याम्पियनको उपाधि जितेका थिए।
६. कोव ब्रायन्ट ७७० मिलियन
यसै वर्ष रिटायर्ड भएका अमेरिकी बास्केटबल खेलाडी ब्रायन्टले २० वर्षे करियरमा लेकर्सबाट ३३० मिलियन स्यालरीबाट आम्दानी गरेका थिए।
७. फ्लोयद मेवेदर ७६५ मिलियन
बक्सिङ खेलाडी मेवेदरले म्याक ग्रोनरसँग रिङ उत्रेको खण्डमा वा म्यानी क्याक्विओसँग रिम्याच भएमा अझै एक स्थान सुधार गर्नेछन्।
८. फिल मिकेलसन ७६० मिलियन
अमेरिकन गल्फर मिकेलसनले करियर प्राइज मनीबाट ८१ मिलियन कमाएको पिजीए टुरले उल्लेख गरेका छ।
९. डेभिड बेकहम ७३० मिलियन
सक्रिय खेल जीनबाट सन्यास लिइसकेको पूर्व इंगलिस कप्तान बेकहम फुटबल खेलाडीमध्ये सबैभन्दा अगाडि रहेका छन्।
१०. शाक्विल ओ नेल ७०० मिलियन
अमेरिकी बास्केटबल खेलाडी शाकले सन् २००४ ५ को सिजनमा २९.४ मिलियन आम्दानी गरेका थिए, जुन अन्य खेलाडीको भन्दा १० मिलियनले बढी थियो।
११. माइक टाइसन ६८५ मिलियन
करोडौं डबलर कमाएर पनि बक्सिङ खेलाडी टाइसन ब्याङरप्ट भएका थिए।
१२. ग्रेग नोर्मन ६८० मिलियन
पिजिए टुरमा १० मिलियन कमाउने नोर्मन पहिलो गल्फर हुन्। यस्तै टाइगर उड्सपछि सय साताभन्दा बढी शीर्ष वरीयतामा रहने नोर्मन एक मात्र खेलाडी हुन्।
१३. लेब्रोन जेम्स, बास्केटबल ६४० मिलियन
१४. क्रिस्टियानो रोनाल्डो, फुटबल ६२० मिलियन
१५. रोजर फेडेरर, टेनिस ६०० मिलियन
१६. एलेक्स रोड्रिग्वेज, बेसबल ६०० मिलियन
१७. लियोनल मेसी, फुटबल ५२० मिलियन
१८. जेफ गोर्डन, कार रेसिङ ५१५ मिलियन
१९. ओस्कर डे ला होया, बक्सिङ ५१० मिलियन
२०. मानी पाक्विओ ४९० मिलियन