PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाश अधिकारी निर्वाचित



पहिलोपोस्ट

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाश अधिकारी निर्वाचित

काठमाडौं : नेपाल जेसिजको ४३औं राष्ट्रिय महाधिवेशनले दमक जेसिजका पूर्वअध्यक्ष प्रकाशप्रसाद अधिकारीलाई राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको छ।
 
राजधानीको धापासी जेसिजमा सम्पन्न महाधिवेशनले अधिकारीलाई नयाँ जिम्मेवारी सुम्पेको हो। नेपालभरका १ सय ३८ जेसिज शाखाबाट आएका प्रतिनिधिहरुबाट ६ सय ५७ मत ल्याउँदै अधिकारी विजयी बनेका हुन्।
 
सोही सभाबाट कार्यकारिणी उपाध्यक्षमा कैलाश खाकी, विनोद सुवेदी, श्रीधर बस्याल र सुशीलकुमार श्रेष्ठ विजयी बनेका छन्। उपाध्यक्षमा अतुल प्रसाई, शोभा खरेल, राजु पौडेल, हेमराज खनाल, भिम गिरी, विकास मानन्धर, विकास महर्जन, संगीता खड्का, सुशीला शाही, सन्तोष रौनियार, रामसरण सिलवाल र मञ्जरी घिमिरे निर्वाचित भए।
 
महाधिवेशनका मतदान अधिकृत पूर्व राष्ट्रिय अध्यक्ष गेहेन्द्रप्रसाद दाहाले विजयीहरुको घोषणा गरेका थिए। नवनिर्बाचित अधिकारीले सपथपछि महासचिवमा भरत प्रसाई, कानुनी सल्लाहकारमा राजाबाबु शाह र कोषाध्यक्षमा आनन्द अधिकारीलाई मनोनीत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell