PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

सम्पत्ति विवरणप्रति आएको टिप्पणीमा प्रचण्डले चित्त दुखाए, भन्छन्- 'सबै नेपाल मेरो नै हो'



पहिलोपोस्ट

सम्पत्ति विवरणप्रति आएको टिप्पणीमा प्रचण्डले चित्त दुखाए, भन्छन्- 'सबै नेपाल मेरो नै हो'

चितवन : हालै मात्र सार्वजनिक सम्पत्ति विवरणपछि सामाजिक सञ्जालमा व्यक्त टिप्पणीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चित्त दुखाएका छन्।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चितवनकै शिवनगरको भिमसेननगरमा रहेको अंशबण्डामा आफूलाई परेको एक बिगाहा १० कठ्ठा जग्गा पहिले नै बिक्री गरेर पार्टीलाई बुझाइसकेको बताए। अग्ला भवन बन्ने वित्तिकै प्रचण्डको लगानी भन्ने गरेको आरोपप्रति पनि उनले आपत्ति जनाएका छन्। भर्खरै उद्घाटन भएको चन्द्रागिरी केवलकार पनि प्रचण्डकै लगानीमा बनेको हल्ला चलेको बताउँदै उनले भने, ‘जहाँ जे बने पनि अब सबै नेपाल नै मेरो हो।’
 
यस्तै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको निर्वाचन नयाँ संरचना निर्माण गरेर मात्रै गरिने बताएका छन्। पुरानो संरचनामा स्थानीय तहको निर्वाचन सम्भव नरहेको उनको भनाइ छ। पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी गराउँदै भने, ‘नयाँ संरचनाअनुसार नै चुनाव गर्नुपर्छ भन्ने सरकारको स्पष्ट धारणा हो।‘ कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र आफूबीच निर्वाचनबारे छलफल भएको बताउँदै कुन तहको निर्वाचन गर्ने भन्ने विषयमा भने टुङ्गो नलागेको उनले प्रस्ट पारे।
 
‘देउवा र ओलीजीले पुरानै संरचनामा भए पनि निर्वाचन गर्नुपर्ने बताउँदै आउनुभएको छ,’ प्रधानमन्त्रीले भने, ‘मैले यत्रो मेहनत गरिसकेको छु। नयाँ संरचना अनुसार नै निर्वाचन गर्नुपर्छ।’
 
संविधान संशोधनको प्रस्तावलाई अगाडि नबढाएसम्म निर्वाचनमा जान सम्भव नरहेको उनको भनाइ छ। संशोधन प्रस्ताव महाअभियोग प्रस्ताव र निर्वाचनको मिति तोक्ने कार्यलाई प्याकेजमा सहमति गराउनेतर्फ सरकार लागेको पनि उनले बताए।
 
संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेकाले पुस ४ गतेको बैठकमा टेबुल हुने भन्दै उनले मधेसवादी दल पनि सहमतिमा आउने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell