पपुवा न्यु गिनीमा शनिबार ७.९ रेक्टरको शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प राबाउ शहरबाट १५७ किलोमिटर पूर्वमा भूकम्प गएको हो।
भूकम्प लगत्तै त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ। द प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पका कारण पपुवा न्युगिनी, इन्डोनेसिया, नाउरु र सोलोमन द्वीपमा सुनामी आउनसक्ने चेतावनी दिएको छ। न्यूजल्याण्डको नागरिक रक्षा मन्त्रालयले पनि उक्त क्षेत्रसहित प्रशान्त महासागरको तटमा रहेका सम्पूर्ण क्षेत्रमा सुनामी आउनसक्ने भनी सतर्क रहन आग्रह गरेको छ।
पपुवा न्यु गिनीको न्यु आयरल्याण्ड क्षेत्रमा १०३.२ किलोमिटर तलबाट भूकम्प गएको हो।
त्यस क्षेत्रमा रहेका अव्यवस्थित बस्ती तथा घरहरुका कारण भूकम्पका कारण केही मानिस भुकम्पका कारण प्रभाभित भएका र भौतिक संरचनामा क्षति भएको हुनसक्ने युएसजिएसले बताए पनि विस्तृत विवरण प्राप्त भइसकेको छैन।