PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

सिपी मैनालीको माग : संशोधन प्रस्ताव फिर्ता,स्थानीय निकायको चुनाव



पहिलोपोस्ट

सिपी मैनालीको माग : संशोधन प्रस्ताव फिर्ता,स्थानीय निकायको चुनाव

काठमाडौ‌: नेकपा मालेले सिङ्गो देश आन्दोलित भएको भन्दै संसद् दर्ता भएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । महासचिव सिपी मैनालीले विज्ञप्तिमार्फत ५ नम्बर प्रदेश टुक्र्याउने गरी दर्ता भएको प्रस्ताव फिर्ता लिएर जनभावना सम्बोधन गर्न अग्रह गरेका हुन्।

उनले दलीय सहमति निर्माण गर्दै स्थानीय निर्वाचनको वातावरण बनाउन समेत सरकारसँग माग गरेका छन्।

उनले प्रदेश नटुक्र्याउन माग गर्दै आन्दोलनमा होमिएका सर्वसाधारणमाथी प्रहरी ज्यादति नगर्न सरकारसित मागसमेत गरेका छन् ।

सत्ताधारी दल माओवादी र नेपाली का‌ग्रेशले मधेसवादी दलको माग सम्बोधनका लागी भन्दै संविधान स‌ंशोधन प्रस्ताव दर्ता गराएपछी नेकपा एमाले लगायतका दल विपक्षमा आन्दाेलनमा छन् । एमालेको निरन्तर अवरोधपछि संसदको बैठक समेत बस्न सकेको छैन ।
माओवादी केन्द्र र कांग्रेशका नेता भने प्रस्तावकै पक्षमा छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell