PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

अठारौ दिन पनि गुल्मी खुलेन



पहिलोपोस्ट

अठारौ दिन पनि गुल्मी खुलेन

गुल्मी : पाँच नम्बर प्रदेशको सीमाङ्कन हेरफेरको प्रस्तावको विरोधमा १८औँ दिन पनि गुल्मी खुलेन । आन्दोलनकारीमाथी शुक्रवार भएको प्रहरी दमनको विरोधमा शनिवार बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था ठप्प रहे।

जिल्ला खुलाउन गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले शनिवार सर्वपक्षीय बैठक बोलाए पनि सहमती हुन सकेन।

बैठकमा सहभागी सांसद कमला विश्वकर्मासहित जिल्लास्थित संयुक्त सङ्घर्ष समिति, विभिन्न राजनितिक दलका प्रमुख र नागरिक समाजलगायतका प्रतिनिधिले शुक्रवारको घटनामा प्रहरी दमन भएको भन्दै प्रजिअ ढुङ्गानाले माफी माग्नुपर्ने माग राखेका थिए ।

बैठकमा झडपमा परेर घाइते भएकाको औषधि खर्च प्रशासनले बेहोर्ने सहमति भएको छ ।
 
ढुङ्गानाले प्रशासनले संयमता अपनाउँदा अपनाउँदै पनि प्रहरी र आन्दोलनकर्ताबीच झडप हुनु दुखद् भएको बताएका थिए। राससको सहयोगमा
तस्विर: www.bigulnews.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell