PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​प्रिमियर लिग : चेल्सीको यस सिजन लगातार एघारौ जित, शीर्ष स्थानमा ९ अंकको अग्रता



पहिलोपोस्ट

​प्रिमियर लिग : चेल्सीको यस सिजन लगातार एघारौ जित, शीर्ष स्थानमा ९ अंकको अग्रता

डिएगो कोस्टाले गरेको एक मात्र गोलको मद्वतमा चेल्सीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई पराजित गर्दै शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ।

चेल्सीले प्यालेसलाई उसैको मैदानमा १-० ले पराजित गरेको हो। चेल्सीको जितमा कोस्टाले ४४ औं मिनेटमा निर्णायक गोल गरे।

सिजनको लगातार एघारौं जितपछि चेल्सीको १६ खेलबाट ४३ अंक भएको छ। समग्रमा चेल्सीले यो सिजन १४ खेल जितेको ५। एक खेल बराबरी खेलेको चेलसी दुई खेलमा भने पराजित भएको थियो। यता दोस्रो र तेस्रो स्थानमा रहेको लिभरपुल र आर्सनलको समान ३४ अंक छ। 

आर्सनलले आइतबार चौथो स्थानको म्यानचेष्टर सिटीसँग खेल्नेछ भने लिभरपुलले सोमबार एभरटनसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैले पनि चेल्सीले कम्तीमा पनि २४ घण्टा ९ अंकको अग्रता कामै राख्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell