काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको छ । विन्टरमा ‘सिजनल इफेक्ट’ का कारण उपत्यकासहित धेरै स्थानमा चिसो महसुस भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।
काठमाडौँमा तुलनात्मकरुपमा शनिवार बढी चिसो महसुस गरिएको छ । उनका अनुसार अधिकतम तापक्रम घटेका कारण चिसो बढेको हो । यो अझै निरन्तर घट्ने क्रममा छ ।
अधिकतम २२ डिग्री सेल्सियस रहेकामा अहिले १९ मा झरेको छ । शनिवार काठमाडौँ उपत्यकाका न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियस रहेको छ । शनिवार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस दुई र अधिकतम तापक्रम जोमसोममा १४ पुगेको छ ।
रासस