काठमाडौं : हङकङ जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका २ जना नेपाली चरेस सहित पक्राउ परेका छन् ।
ड्रागन एयरबाट हङकङ जान लागेका पर्वत, लेकफाँट–८ का ३५ वर्षीय अबिरशेर पाइजा मगर र कास्की, गैरीगाउँ–८ का ६४ वर्षीय नरमान गुरूङ तीन किलो चरेस सहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार हेण्डब्यागभित्र लुकाएर राखेको ३ किलो ४ ग्राम चरेस फृला परेपछी बिमानस्थ सुरक्षा गार्डका प्रहरीले पक्राउ गरेको हो ।