PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

प्रिमियर लिग : इब्राहिमोभिकको २ गोलमा म्यान युनाइटेडको जित, भार्डीले रातो कार्ड पाए पनि लेस्टरको २ गोल



पहिलोपोस्ट

प्रिमियर लिग : इब्राहिमोभिकको २ गोलमा म्यान युनाइटेडको जित, भार्डीले रातो कार्ड पाए पनि लेस्टरको २ गोल

ज्लाटान इब्राहिमोभिकले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा बेस्ट व्रोमिच अल्विओनलाई २-० ले पराजित गरेको छ। बेष्टव्रोमको मैदानमा भएको खेलमा इब्राहिमोभिकले दुवै हाफमा १/१ गोल गरे।

पाँचौं मिनेटमै जेस लिनगार्डको क्रसमा हेडमार्फत गोल गर्दै इब्राहिमोभिकले युनाइटेडलाई अग्रता दिलाएका थिए। ५६ औं मिनेटमा इब्रनहिानेभिकले प्रहार गरेको बल डिफ्लेक्स हुँदै गोल भएको थियो। 

जितपछि युनाइेटडले १७ खेलबाट ३० अंक जोडेको छ। एक खेल कम खेलेको टोटनहम समान अंक भएपनि गोल भिन्नतामा युनाइेटड छैटौं स्थानमै यथावत छ।

लिग अन्तर्गतक अर्को खेलमा दश खेलाडीमा रहेको साविक विजेता लेस्टरले दुई गोलले पछि परेको स्थिती उल्टाउँदै स्टोक सिटीसँग २-२ गोलको बराबरी खेलेको छ। 

२८ औं मिनेटमा फरवार्ड जेमी भार्डी सिधै रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेस्टर १० खेलाडीमा झरेको थियो। यसैको फाइदामा स्टोकले पहिलो हाफमा २ गोल गर्यो। ३६ औं मिनेटमा बोजन किर्कले पेनाल्टीमार्फत गोल गर्दै स्टोकलाई अग्रता दिलाए भने पहिलो हाफको अन्त्यमा जोए एलनले अग्रता दोब्बर पार्यो।

तर स्कोटको अग्रता लामो समय टिकेन। लेस्टरले दोस्रो हाफमा दुई गोल फर्कायो। ७४ औं मिनेटमा बैकल्पिक खेलाडी जोस लियोनार्दो उलाह र ८८ औं मिनेटमा ड्यालनियल अमार्टीले गोल गरेपछि लेस्टर स्टोकसँग अंक खोस्न सफल भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell