PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट, १४ गतेसम्म साढे ३ सयमा चढ्न पाइने



पहिलोपोस्ट

चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट, १४ गतेसम्म साढे ३ सयमा चढ्न पाइने

काठमाडौं : चन्द्रागिरि केबलकारको व्यावसायिक शुभारम्भको अवसरमा केबलकारमा ५० प्रतिशत छुट हुने भएको छ। चन्द्रागिरि हिल्सका अनुसार यो योजना पुस ४ गतेदेखि १४ गतेसम्म लागू हुनेछ। छुट समयमा साढे ३ सय रुपैयाँमा केबलकारमा यात्रा गर्न पाइनेछ।
 
कम्पनीका अनुसार शुक्रबार, शनिबार र आइतबार भने यो छुट पाइनेछैन। चन्द्रागिरिभित्र रहेको खाद्य तथा पेय पदार्थमा यही अवधिमा १५ प्रतिशत छुट हुनेछ।
 
साढे तीन अर्ब लगानीमा स्थापना भएको केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार गरेका हुन्। यो केबलकारमा मंसिर मसान्तसम्म २ लाख २५ हजारले यात्रा गरिसकेको कम्पनीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell