PahiloPost

May 14, 2025 | १ जेठ २०८२

सुनवल मेलामा उँट हेर्नकै लागि मान्छे ओइरिए



पहिलोपोस्ट

सुनवल मेलामा उँट हेर्नकै लागि मान्छे ओइरिए

नवलपरासी : नवलपरासीको सुनवलमा जारी पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेलामा हेलिकोप्टरको यात्रा र मेलामा राखिएको उँट मुख्य आकर्षण बन्न पुगेको छ। अझ यसबाहेक कृतिम पोखरी बनाई दुई वटा डुङ्गा सञ्चालन भएपछि मेलामा थप रौनक छाएको हो।
 
आजसम्म चल्ने व्यापार मेलामा किसानको उत्पादनलाई विशेष महत्व दिइएको छ। नवलपरासी जिल्लाको पहाड, मधेस र तराईका क्षेत्रमा उत्पादन भएका विभिन्न प्रकारका फलफूल तथा तरकारी जन्य उत्पादनलाई मेलामा विशेष प्राथमिकताका साथ प्रदर्शनमा राखिएको छ।
 
मेलामा जिल्लाका १६६ वटा व्यावसायिक किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन प्रदर्शनमा राखिएको छ। त्यस्तै मेलामा माटो परीक्षण गोबर परीक्षण लगायतका सुविधा पनि किसानलाई प्रदान गरिएको छ।
 
मेलामा मुख्य प्रवेशद्वारमा भगवान् गौतमबुद्धको मायादेवी मन्दिर आकृति विशेष आकर्षणका रुपमा रहेको छ। शान्ति समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार मूल नाराका साथ आयोजित मेलामा ३०० कक्ष छन्।
 
मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने गरेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell