PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

महावीर पुनको राष्‍ट्रिय आविष्कार केन्द्रलाई म्याग्दीवासीले दिए साढे ५ लाख



पहिलोपोस्ट

महावीर पुनको राष्‍ट्रिय आविष्कार केन्द्रलाई म्याग्दीवासीले दिए साढे ५ लाख

बेनी (म्याग्दी) : म्याग्दीको राम्चे र हिस्तान गाविसका बासिन्दाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका लागि रु पाँच लाख २७ हजार सङ्कलन गरेका छन्।
 
म्याग्दीको राम्चेमा जन्मिएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा जुटिरहेका बेला गाउँलेले उनको अभियानलाई सफल बनाउन सो रकम सङ्कलन गरेका हुन्।
 
आविष्कार केन्द्रका लागि राम्चे गाविसबाट रु तीन लाख सङ्कलन भएको छ भने हिस्तानबाट करिब रु साढे दुई लाख सङ्कलन भएको छ। गाविसका समाजसेवी, आमा समूह, क्लब, विद्यालयका शिक्षकले आफ्नो तलबको केही रकम आविष्कार केन्द्रका लागि सहयोग गरेको आदर्श माविका स्रोतकेन्द्रका स्रोत व्यक्ति एवम् अभियानका संयोजक भरतकुमार पुनले जानकारी दिए।
 
राष्ट्रिय आविष्कार केन्द्रका लागि अझै गाउँबाट सहयोग आउने कार्य भइरहेको हुनाले सहयोग बढ्ने संयोजक पुनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell