PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

लाखौं रकम लिएर सचिव महिना दिनदेखि गायब, खातामा रकम जम्मा हुँदा सबै चकित



पहिलोपोस्ट

डोटी : गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन्।
 
सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार सचिव ईश्वरबहादुर सिंहको अवस्था अझै अज्ञात रहेको हो। हिनामिना गरेको रकममध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस डोटीले जानकारी दिएको छ।
 
सिंहले मङ्सिर २९ गते दुवै गाविसका लागि रु ३७ लाख ४९ हजार ६२३ बैंकमा जम्मा गरेका छन्। उनले पोखरी गाविसको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सिलगढीमा रहेको खातामा दीपक नामबाट सो रकम जम्मा गरेको राष्ट्रिय वाणिज्य बैंक सिलगढीले जानकारी दिएको छ।
 
सचिव सिंहले हिनामिना गरेको पोखरी गाविसको रु ३८ लाख ४४ हजार ७४३ मध्ये अब रु १३ लाख ५१ हजार ४९१ र जिजौडामाण्डौ गाविसको रु २९ लाख ७५ हजार ५०१ मध्ये अब रु १७ लाख १९ हजार १३० बुझाउन बाँकी रहेको छ। गाविस सचिव सिंहले दुवै गाविसको रु ६८ लाख २० हजार २४४ रकम बुझेर फरार भएका थिए।
 
सचिव सिंहले हिनामिना गरेको रकम फिर्ता गरे तापनि उनलाई कारबाही हुने डोटीका स्थानीय विकास अधिकारी कृष्ण गौतमले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell