PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​ला लिगा : बार्सिलोनालाई पछि पार्दै सेभिया दोस्रो स्थानमा उक्लियो, एथ्लेटिको मड्रिडको कठिन जित



पहिलोपोस्ट

​ला लिगा : बार्सिलोनालाई पछि पार्दै सेभिया दोस्रो स्थानमा उक्लियो, एथ्लेटिको मड्रिडको कठिन जित

सेभिया मालागालाई ४-१ ले पराजित गर्दै स्पानिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। शनिबार भएको खेलमा सेभियाले १० खेलाडीमा रहेर पनि मालागालाई पराजित गरेको हो। 

सेभियाले पहिलो हाफमा ११ मिनेटको अन्तरमा ४ गोल गरेको थियो। लुइस डारियानो भिएटोले २५ र २८ औं मिनेटमा गोल गरे भने विसम वेन एडेरले ३४ औं तथा भिटोलोले ३६ औं मिनेटमा गोल गरे।

एदिल रामीले ६२ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि सेभिया दश खेलाडीमा झरेको थियो। त्यसैको फाइदा उठाउादै सान्ड्रो रामिरेजले ६३ औं मिनेटमा फ्रिकिक मार्फत सान्त्वना गोल गरे।

जितपछि सेभिया १६ खेलबाट ३३ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको बार्सिलोना ३१ अंकका साथ तेस्रो स्थानमा छ। बार्सिलोनाले आज क्याटलान डर्बीम स्पानयोलसँग खेल्दैछ। 

ला लिगाकै अन्य खेलमा भियारियल, रियल सोसिडाड र एथ्लेटिको मड्रिड विजयी भएका छन्। एथ्लेटिकोले लस पलमसलाई १-० ले हरायो। एथ्लेटिकोलाई जित दिलाउन सउल निगेजले ५९ औं मिनेटमा निर्णायक गोल गरे।

अर्को खेलमा भियारियलले स्पोर्टिङ गिहोनलाई ३-१ ले हरायो। भियारियलको जितमा जोनाथन डस सान्तोस, निकोला सानसोन र एलेक्जान्डर पाटोले १/१ गोल गरे। यस्तै सोसिडाडले ग्रानाडालाई २-० ले हरायो। सोसिडाडको जितमा जोन बाउटिस्टा र जुएनमीले गोल गरे।

जितपछि भियारियल र सोसिडाडाको समान २९ अंक भएको छ भने एथ्लेटिकोको २८ अंक छ। गोल भिन्नतामा भियारियाल चौथो, सोडिसाड पाँचौ स्थानमा छ भने एथ्लेटिको छैटौंमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell