PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कृषि सेवा केन्द्रमा तीन महिनादेखि ताला, कर्मचारी नै नभएपछि किसानलाई समस्या



राधेश्याम पटेल

वीरगन्ज : कृषि सेवा केन्द्र सेढवा तीन महिनादेखि बन्द भएको छ। कर्मचारीको अभावमा कृषि सेवा केन्द्र बन्द भएको हो। केन्द्र बन्द हुँदा किसानहरु समस्यामा परेका छन्।
 
तीन महिनापहिले जेटिए रामकुमार साह सरुवा भई अन्तै गएपछि केन्द्रमा जिल्ला कृषि विकास कार्यालयले अर्को कर्मचारी पठाएको छैन। केन्द्र बन्द हुँदा सेढवा, जानकीटोला, विजबनीया, जगरनाथपुर, निर्बलबस्ती, सुवर्णपुर, शंकरसरैया, महादेवपट्टी, सुपौली, जितपुर परसवा, पिडारीगुठी लगायत गाविसका हजारौं किसान प्रभावित भएका छन्। ‘गहुँबाली तथा अन्य तरकारी बाली लगाउने समयमै प्राविधिक कार्यालयमा ताला लाग्नु यस क्षेत्रकै सबै किसानहरुको लागि दुखद कुरा हो,’ सेढवाका गौरीशंकर चौधरीले भने।
 
केन्द्र बन्द भएपछि खेतीपातीका लागि आवश्यक प्राविधिक सुझाव लिन गाह्रो भएको किसानहरुले बताएका छन्। जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुखलाई पटकपटक जानकारी गराउँदा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको चौधरीले बताए।
 
यस विषयमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख वीरेन्द्रकुमार सिन्हासंग कुरा गर्दा केन्द्रमा छिट्टै कर्मचारी पठाउने आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell