
लिगट लिडर युभेन्ट्सले इटालियन सिरी ए मा दोस्रो स्थानको रोमालाई पराजित गर्दै शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। शनिबार भएको खेलमा गोन्जालो हिग्वेनको निर्णायक गोलको मद्वतमा युभेन्ट्सले रोमालाई १-० ले पराजित गर्यो।
युभेन्ट्सलाई जिताउन १४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। जितपछि युभेन्ट्सका १७ खेलबाट ४२ अंक भएको छ। रोमाको समान खेलबाट ३५ अंक भएको छ।
रोमाले युभेन्ट्ससँग खेल्नु अघि स्थानको एसी मिलान एटलान्टासँग बराबरीमा रोकिएको थियो। मिलानलाई घरेलु मैदानमै एटलान्टाले गोलरहित बराबरीमा रोकेको हो।
बराबरीपछि पनि ३३ अंक जोडेको मिलान तेस्रो स्थानमा कायमै छ। २९ अंक जोडेको एटलान्टा छैटौं स्थानमा छ।