PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

भारतको गुप्तचर निकायमा प्रमुख फेरिए, सार्क डेस्क हेरेका अनिल धस्मानालाई 'र'को नेतृत्व



पहिलोपोस्ट

भारतको गुप्तचर निकायमा प्रमुख फेरिए, सार्क डेस्क हेरेका अनिल धस्मानालाई 'र'को नेतृत्व

काठमाडौं : भारतको बाह्य गुप्तचरी हेर्ने निकाय रिसर्च एन्ड एनालाइसिस विङ्स (र) प्रमुख फेरिएका छन्। पाकिस्तानबारे जानकार अनिल धस्मानालाई भारतले नयाँ 'र' प्रमुखमा नियुक्त गरेको हो।
 
धस्माना २३ वर्षदेखि रका विभिन्न पदमा रहेर काम गरिसकेका अधिकारी हुन्। उनले पाकिस्तानी डेस्क सम्हालिसकेका छन्। राष्ट्रिय सुरक्षा सम्बन्धी बाह्य गुप्तचरीका लागि सक्रिय भनिए पनि ‘र’ छिमेकी देशको आन्तरिक मामिलामा समेत प्रवेश गर्दा विवादमा तानिने गरेको संगठन हो। नेपालको राजनीतिमा समेत यसका अधिकारीहरुको सक्रियता सार्वजनिक रुपमै देखिने गरेको छ।
 
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार धस्माना सार्कको डेस्कमा काम गरेका अनुभवी अधिकारी हुन्। विशेषत: पाकिस्तानको बलुचिस्तानबारे उनलाई विशेषज्ञ मानिन्छ। पाकिस्तान, अफगानिस्तानबारे बढी जानकार उनी लन्डन, युरोपियन डेस्क लगायत सार्कको डेस्कमा समेत रहेर काम गरिसकेका छन्।
 
अर्को भारतीय गुप्तचरी निकाय गुप्तचर ब्युरो (आइबी) को प्रमुख समेत फेरिएको छ। राजीव जैन आइबी प्रमुखमा नियुक्त भएका छन्। कश्मिर डेस्क सम्हालेका उनी राष्ट्रपति पदकबाट सम्मानित अधिकारी हन्। दुवैले १ जनवरीमा प्रमुखको जिम्मेवारी सम्हाल्दै छन्। उनीहरुको कार्यकाल २ वर्षको हुनेछ।
 

स्थल र वायुसेना प्रमुख फेरिए

गोर्खा राइफल्सका लेफ्निेन्ट जनरल विपीन रावत भारतको स्थल सेनाको प्रमुख भएका छन्।
 
भारत सरकारले स्थलसँगै वायुसेना, रिसर्च एन्ड एनालाइसिस विङ्ग्स (र) र गुप्तचर ब्युरोको प्रमुख समेत परिर्वतन गरेको छ।
 
प्रवीण बख्शी र मोहम्मद अली हरीज अगाडि भए पनि वरिष्ठतामा पछाडि रहेका रावत स्थल सेनामा नियुक्त भए। वरिष्ठता मिचेर नियुक्ति गरेको भन्दै कांग्रेसले प्रश्न उठाएको छ। भारतको स्थल सेना प्रमुख नेपाली सेनाको मानार्थ प्रमुख हुनेछन्।
 
भारत सरकारले वायुसेना प्रमुखमा भने एयर मार्शल बीएस धनोवा नियुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell