PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

नेपाल सुन्दरी मिस वर्ल्डको फास्ट ट्रयाकमा पर्न सफल, टप २० मा परेर उपाधि जित्लिन्?



पहिलोपोस्ट

नेपाल सुन्दरी मिस वर्ल्डको फास्ट ट्रयाकमा पर्न सफल, टप २० मा परेर उपाधि जित्लिन्?

काठमाडौँ : अमेरिकाको समय अनुसार आइतबार राति हुने मिस वर्ल्ड सौन्दर्य प्रतियोगिताको टप २० मा पुग्ने सम्भावनाको ढोका नेपाल सुन्दरी अस्मी श्रेष्ठले खोलेकी छिन्। 

मिस वर्ल्ड प्रतियोगितामा फास्ट ट्र्याक सिस्टम राखिएको छ। यस अन्तर्गत पाँच वटा च्यालेन्जिङ इभेन्ट हुने गर्छ- स्पोर्टस्, टप मोडल, ट्यालेन्ट, मल्टिमिडिया र ब्युटी विद् दि पर्पोज। हरेक श्रेणीका एक विजेता स्वतः टप २० मा छनौट हुन्छिन्। 

मिस नेपाल अस्मी श्रेष्ठ ब्युटी विद् दि पर्पोजमा फाइनलिस्ट भएकी छिन्। प्रतियोगितामा सहभागी ११७ सुन्दरीहरु मध्येबाट टप फाइभमा उनी परेकी छिन्। 

टप फाइभमा उनीसँगै मिस इन्डिया प्रियदर्शिनी चटर्जी, मिस इन्डोनेसिया नताशा मन्नुएला, मिस केन्या इभलिन थुङ्गु र मिस फिलिपिन्स क्याटोरिना ग्रे रहेकी छिन्। पाँच जना मध्ये कसले उपाधि जित्ने हो, मिस वर्ल्डको नेपाली समय अनुसार भोलि हुने प्रतियोगिताको फाइनलमा घोषणा हुनेछ। 

अस्मीले उपाधि जिते उनी स्वतः मिस वर्ल्डको टप २० मा पुग्ने छिन्। 

यसअघि मिस नेपाल इशानी श्रेष्ठले मिस वर्ल्डको ब्युटी विद् दि पर्पोज उपाधि जितिसकेकी छिन्। मिस वर्ल्डमा नेपालले जितेको यही एक मात्र उपाधि हो। 

यस्तो थियो अस्मीको ब्युटी विद् दि पर्पोज

मिस नेपाल अस्मी श्रेष्ठले भूकम्पको विध्व‌ंश, पुननिर्माणको प्रयासलाई शिक्षासँग समेटेर क्लासरुम एन्ड वियोन्ड शीर्षकमा ब्युटी विद् दि पर्पोजको भिडियो बनाएकी छिन्। 

 

प्रतियोगिताको लाइभ टेलिकास्ट जि टिभीले गर्दैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell