PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चार रातमा तयार भयो भिलेन रेखा थापा समावेश आइटम गीत



पहिलोपोस्ट

चार रातमा तयार भयो भिलेन रेखा थापा समावेश आइटम गीत

काठमाडौं : पहिलो पटक रेखा थापा भिलेनको रोलमा आउँदैछिन् फिल्म ’डायरी’ मार्फत। यही फिल्मको नयाँ आइटम गीत सार्वजनिक भएको छ।

अभिनेत्री छुल्ठिम गुरुङको निर्माणमा बन्न लागेको आइटम गीतमा छुल्ठिमकै फिचरिङ  छ। उनलाई रेखा थापा र सन्नी सिंहले साथ दिएका छन्।

'पैसा न कौडी' बोलको गीतमा निखिल विश्वासको शब्द र संगीत रहेको छ भने रेश्मा पुनले स्वर दिएकी छिन्। गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।


नेपाली फिल्‍महरुमा आइटम गीत समावेश हुने चलन पछिल्लो समय बढेको छ। किन त? निर्देशक अनिल योन्जन भन्छन्, 'आइटम गीत फिल्मको कथा अनुसारकै डिमाण्ड हो, जसले दर्शकलाई मनोरञ्जनसँगै फ्रेस पनि गराउँछ।' फिल्ममा यो गीतसँगै लभ र कमेडी गीत पनि रहेको उनले जानकारी दिए। टीमकै सल्लाह अनुसार आइटम नै पहिलो कोसेलीको रुपमा दर्शकका लागि पस्केको उनले बताए।

छुल्ठिमका अनुसार यो आइटम गीत ४ रातमा खिचिएको हो। 'बेलुकी १० देखि बिहान ६ बजेसम्म हामी सुटिङमा हुन्थ्यौं,' उनले भनिन्।

फिल्मलाई छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको हो। फिल्ममा कथा छेतेन गुरुङको छ। शिवराम श्रेष्ठले छायांकन गरेको डायरीको सम्पादन प्रविन श्रेष्ठले गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell