PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

​फ्रेन्च लिग वन : साबिक विजेता पेरिस सेन्ट जर्मेनको चौथो हार



पहिलोपोस्ट

​फ्रेन्च लिग वन : साबिक विजेता पेरिस सेन्ट जर्मेनको चौथो हार

साविक विजेता पेरिस सेन्ट जर्मेन पिएसजीले यस सिजन फ्रेन्च लिग वनमा चौथो हार बेहोरेको छ।लिग अन्तर्गत शनिबार भएको खेलमा पिएसजी गुइनगाम्पसँग २-१ ले पराजित भएको हो। 

तीनै गोल दोस्रो हाफमा भएको खेलमा गुइनगाम्पलाई जिताउन यानिस सालिबर र निल डे प ले १/१ गोल गरे। खेल सकिन दश मिनेट अगाडी एडिनसन काभानीले गोल फर्काए पनि पिएसजीको हार टार्न पर्याप्त भएन। 

हारपछि पिएसजीले शीर्ष स्थानको नाइससँग अंक दुरी कम पार्ने अवसर गुमाएको छ। जित हात पारेको भए पिएसजीले दोस्रो स्थानको मोनाकोसँग अंक बराबरी गर्ने थियो भने नाइससँगको अंक दुरी १ मा झार्ने थियो।

१८ खेलबाट ३६ अंक जोडेको पिएसजी अंक तालिकामा तेस्रो स्थानमा छ। समान खेलबाट गुइनगाम्प २९ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ।
एक खेलमा कम खेलेको नाइस ४० अंकका साथ शीर्ष स्थानमा छ भने ३९ अंक जोडेको मोनाको दोस्रोमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell