PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

नाजिर छोराजस्तै लाग्यो : करिश्मा मानन्धर



पहिलोपोस्ट

नाजिर छोराजस्तै लाग्यो : करिश्मा मानन्धर

काठमाडौं: आगामी नेफ्टा अवार्डको कार्यक्रममा नायिका करिश्मा मानन्धरले अभिनेता नाजिर हुसेनसँग स्टेज प्रस्तुती दिने भएकी छिन्। करिश्मा जस्तै अघिल्लो पुस्ताका कलाकार राजेश हमाल लगायतले नयाँ युवा कलाकारसँग स्टेज पर्फम गर्ने भएका हुन्।

दुबईमा हुने अवार्डको नवौं संस्करणमा करिश्मा मानन्धरले उमेरले कान्छा नाजिर हुसेनसँग आफू अभिनित फिल्मका ब्लकबस्टर गीतहरुमा कम्मर भाँच्न रिहर्सल गरेकी छिन्। रिहर्सलको क्रममा करिश्माले नाजिर छोराजस्तो लागेको बताईन्। भनिन्,'उसले मेरा पुराना गीतहरु सुनेको छ या छैन तर उसँग यी गीतमा नाच्दा रमाइलो फिल भैरहेको छ।’

नाजिरले पनि आफू करिश्माको डान्स र उनी अभिनित गीतहरुको फ्यान भएको बताए। नृत्य निर्देशम शंकर विसीले करिश्मा र नाजिरलाई प्रशिक्षण दिएका हुन्।

नायक राजेश हमालले भने मलिना जोशीसँग स्टेज सेयर गर्दैछन्।

पुस ८ गते दुबई सहरमा हुने अवार्ड समारोहका लागि १ सय २० जनाको टोली त्यसतर्फ प्रस्थान गर्ने नेफ्टा अध्यक्ष पुष्कर लामाले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell