PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

स्तन र पाठेघरको उपचार गराई फर्केकी सुजाताले के लेखिन् फेसबुकमा?



पहिलोपोस्ट

स्तन र पाठेघरको उपचार गराई फर्केकी सुजाताले के लेखिन् फेसबुकमा?

काठमाडौं : स्तन र पाठेघरको क्यान्सरको उपचार गराएर नेपाल फर्केकी कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्नो स्वास्थ्य अवस्था फेसबुकमार्फत सार्वजनिक गरेकी छन्।
 
आइतबार सामाजिक सञ्जाल फेसबुकमा हालै खिचेको फोटो पोस्ट गर्दै उनले विस्तारै पुरानो जीवनमा फर्कन लागेको बताएकी हुन्। सोमबारबाट सामान्य राजनीतिक भेटघाटसमेत सुरुवात गर्ने उनले बताएकी छिन्।
 
सिंगापुर र मलेसियामा क्यान्सरको शल्यक्रिया गरेर फर्केकी उनी हाल घरमै आराम गरिरहेकी छिन्। पहिलोपोस्टसँगको कुराकानीमा उनले  घरमा बनाएको सामान्य खाना खाना सुरु गरेको भन्दै डाक्टरकै सल्लाहअनुसार सामान्य भेटघाट सुरु गर्ने बताइन्। 'म अब विस्तारै स्वस्थ हुँदै छु,' सुजाताले भनिन्, 'विगतमा जस्तै बाक्लो भेटघाट नगरे पनि सामान्य भेटघाटको तयारी गर्नेछु।’
 
कोइरालाका सहयोगी लक्ष्मण थपलियाका अनुसार सोमबार बिहानदेखि सामान्य राजनीतिक भेटघाट सुरु गर्न लागेकी छन्।
 
स्तन क्यान्सरको उपचारका लागि उनी कात्तिक २८ गते उनी सिंगापुर गएकी थिइन्। पछि मलेसियामा थप परीक्षण गराउँदा पाठेघरको पनि क्यान्सर भएको पत्ता लागेको थियो।

उनको फेसबुक-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell