PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

एमालेले वितण्डा मच्चाएको आरोप लगाउँदै प्रचण्ड दाबी गर्छन्- 'संशोधन प्रस्ताव संसदबाटै पारित'



पहिलोपोस्ट

एमालेले वितण्डा मच्चाएको आरोप लगाउँदै प्रचण्ड दाबी गर्छन्- 'संशोधन प्रस्ताव संसदबाटै पारित'

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैधानिक सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदबाटै पारित हुने दाबी गरेका छन्।
 
विराटनगर विमानस्थलमा प्रेस सेन्टर मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले संसदमा दर्ता भएको प्रस्तावलाई पारित गर्ने या परास्त गर्ने भन्ने विषय संसदले टुंगो लगाउने बताए। कोही कसैले गैरसंसदीय र गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेर संसद अवरुद्ध पार्नु नहुने उनको भनाइ छ।
 
एमालेले जति छिटो अवरुद्ध संसद खुलाउँछ त्यति चाँडै वर्तमान गतिरोधको अन्त्य हुने बताउँदै प्रधानमन्त्रीले राजनीतिक प्रक्रियामा लोकतान्त्रिक विधिको अभ्यास गर्ने थलो संसद नै भएको भनाइ राखे। संविधान संशोधन प्रस्ताव, लोकमानसिंह कार्की विरुद्ध लागेको महाअभियोग प्रस्ताव तथा निर्वाचनको मिति तय गर्न सरकारले प्रमुख प्रतिपक्षसँग समेत सहमति गर्न चाहेको उनले प्रस्ट पारेका छन्।
 
स्थानीय तहको निर्वाचन नभई केन्द्रीय संसदको निर्वाचन नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले केन्द्रीय संसदको चुनाव गराउँ भन्दै संविधानमै नभएको विषय ल्याएर एमालेले वितण्डा मच्चाउन खोजेको आरोप पनि लगाए। ‘पहिले संसदको केन्द्रीय निर्वाचन गर्नुपर्छ भन्ने विषयमा गम्भीर षड्यन्त्र लुकेको छ,’ उनले भने, ‘त्यस्तो गर्नुपर्छ भनेर जोड गर्नु भनेको संविधानलाई असफल बनाउने खेल खेल्नु हो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell