PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सभामुखले डाकिन् तीन दलको संयुक्त बैठक



पहिलोपोस्ट

सभामुखले डाकिन् तीन दलको संयुक्त बैठक

काठमाडौं : सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग सोमबार बिहान छलफल गर्ने भएकी छिन्।
 
संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव र निर्वाचन कानुनको कार्यसूची तय गर्ने बारे बिहान ११ बजे उनले नेताहरुलाई डाकेकी हुन्। यसअघि कार्यसूचीमा संशोधन प्रस्तावको विषय राख्नेबारे विवाद हुँदा सूचना टाँस गरी संसद स्थगित भएको थियो।

बिहान नेताहरुसँगको छलफलपछि भोलि दिउँसो १ बजेदेखि संसद बैठक बस्नेछ।

सभामुखले यसअघि पनि तीन दलका नेताहरुसँग जारी गतिरोध अन्त्यका लागि पहल गर्दै आएकी थिइन्। सरकारले दर्ता गराएको संशोधन प्रस्तावको विरोध गर्दै एमालेले संसदमै संघर्ष थालेपछि संशोधन प्रस्ताव कार्यसूचीमा पर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell