PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​युथ एसिया कप : मलेसियाद्वारा नेपाललाई १५४ रनको लक्ष्य प्रस्तुत



पहिलोपोस्ट

​युथ एसिया कप : मलेसियाद्वारा नेपाललाई १५४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : श्रीलंकामा भइरहेको एसीसी युथ एसिया कप अन्तर्गत समूह चरणमा अन्तिम खेलमा मलेसियालाई नेपाललाई १५४ रनको लक्ष्य दिएको छ। 
टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको हो।

मलेसियाको लागि कप्तान भिरनदिप सिंहले सर्बाधिक ७५ रन बनाए। यस्तै हासिफ नुरहाइजनले २१ तथा शैफुल्लाहले मलिकले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन।

मलेसियालाई अलआउट गर्ने क्रममा नेपालका आदिल खानले ३ विकेट लिए भने कप्तान सन्दीपल लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए। यस्तै रोहित पौडेल र सुवांकर उराउले १/१ विकेट झारे। मलेसियाका एक खेलाडी रनआउट भए।

नेपालले आज सन्दीप सुनार, भिम शार्की र नन्दन यादवको स्थानमा अनिल शाह, अविनाश कर्ण र रविन्द्र जंग शाहीलाई खेलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell