PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

ट्रयाक्टरले च्यापिएको अवस्थामा फेला परे २० वर्षे युवक



पहिलोपोस्ट

सल्यान : राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ।
 
धनवाङ-१ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटनामा परी मुसीकोट नगरपालिका-१ रातामाटा निवासी २० वर्षीय दीपक परियारको मृत्यु भएको हो।
 
शनिबार राति दुर्घटना भए पनि आइतबार बिहान मात्र च्यापिएको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ट्रयाक्टर दुर्घटनाको कारण खुल्न सकेको छैन। दुर्घटनापछि ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell