
श्रीलंकामा जारी एसीसी युथ एसिया कप क्रिकेटमा अफगानिस्ताले सिंगापुरलाई सहजै ९ विकेटले हरायो।
समूह बी अन्तर्गतको खेलमा सिंगापुरले दिएको ७३ रनको सामान्य लक्ष्य अफगानिस्तानले ४.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
अफगानी टोलीलाई चाँडै जित दिलाउन दरविस रसोलीले विस्फोटक ब्याटिङ गर्दै १५ बलमा नटआउट ५३ रन बनाए। उनले ९ चौका र २ छक्का प्रहार गर्दै तीव्र गतिमा अर्धशकत पूरा गरेका हुन्। यस्तै निसार वाहदतले ६ बलमा नटआउट १२ रन जोडे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर अफगानी बलरहरुको अगाडि टिक्न नसक्दा १८.२ ओभरमा ७३ रनमा अलआउट भएको थियो।
अघिल्लो खेलमा पाकिस्तानविरुद्ध शानदार जित हात पार्ने क्रममा पनि रसोलीलले नटआउट ९२ रनको योगदान गरेका थिए। ६५ बल खेलेका उनले १३ चौका र ३ छकका समेत प्रहार गरेका थिए।