PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

फेकन्युजै पिच्छे जर्मनीले फेसबुकलाई ५ लाख युरो जरिवाना तिराउने



पहिलोपोस्ट

फेकन्युजै पिच्छे जर्मनीले फेसबुकलाई ५ लाख युरो जरिवाना तिराउने

फेसबुकमा फेक (गलत) न्युजको समस्याले अहिले ठूलै रुप लिइसकेको छ। अमेरिकामा राष्ट्रपति निर्वाचनको परिणाममै असर पार्नेदेखि लिएर नेपालमा समेत फेक न्युजको प्रभाव देखा परेको छ।

यो समस्यालाई ठूलो रुपमा लिँदै जर्मनीको सोसल डेमोक्रेटिक पार्टीका अध्यक्ष थोमस अोप्परम्यानले नयाँ उपाय सुझाएका छन्। उनका अनुसार एउटा त्यस्तो कानुन बनाउनु पर्छ जस अन्तर्गत फेसबुक जस्ता कम्पनीले देशमा कार्यालय खोल्नुपर्नेछ र त्यसैले फेक न्युज र हेट स्पिचलाई २४ सै घण्टा डिल गर्नुपर्नेछ। 

क्वार्जका अनुसार जर्मन न्युज साइट डचेवेलेका अनुसार जर्मन सांसदहरुले यस्तो कानुनबारे विचार गर्दैछन् जसमा भनिएको छ यदि फेसबुकको लोकल अफिसले यस्तो फेक न्युज आइटम २४ घण्टाभित्र डिलिट नगरे प्रति आइटम ५ लाख युरो जरिवाना पर्नेछ। 

जर्मनीमा सन् २०१७ मा संसदीय निर्वाचन हुन लागेको छ। निर्वाचनमा असर पर्ने गरी फेक न्युज प्रसार हुने भयका कारण यस्तो कानुन बनाउन लागिएको हो।
 
फेसबुकले आफू मिडिया कम्पनी नभएको दावी गर्दै आएको छ। तर फेसबुकको २० वटा टप फेक न्युज स्टोरी हेर्दा त्यसले २० टप पढिएका न्युज स्टोरीलाई पछि पारेको छ। 

फेसबुकले गत साता फेक न्युजलाई पहिचान गर्न रिपोर्ट गर्ने सिस्टमलाई प्रभावकारी रुपमा लागू गराउने बताएको थियो। 

फेकन्युज कसरी फैलन सक्छ भन्ने बारे पहिलोपोस्टको सामाग्री पढ्नुस् -



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell