
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रचण्ड सरकारले भोली संसदमा नेकपा एमालेसित भिडन्त गर्ने खबर आफूले पाएको बताएका छन्।
एमाले भातृ संगठन यूवा संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा गौतमले भने – 'भोली संसदमा प्रचण्ड सरकारले एमालेसित भिडन्त गर्ने खबर आएको छ।'
संसदको बैठक आइतबार एक बजे बस्दैछ। संविधान संशोधन विधेयक संसदमा पेश हुनै नदिने एमालेले अडान राख्दै आएको छ भने संसदको कार्यसूचीमा राखेर पेश गर्नुपर्ने अन्य सत्तापक्ष दलहरुले अडान राख्दै आएका छन्। कार्यसूचीकै विवादका कारण ३० गतेको बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर स्थगित गरेकी थिइन्।
‘कांग्रेस, माओवादी केन्द्र, मधेसवादी लगायत सबै जम्मा हुने अब एमालेको विरुद्धमा लडाँइ गर्न उनीहरुसित तालिमप्राप्त मानिसहरु छन्, आदि इत्यादी छन्, लड्ने भिड्ने हो भने हामीलाइ पछार्छौँ भनेका छन्’, गौतमले भने,लड्ने भिड्ने हो भने आफ्नो ठाउँमा हामीले पनि पछार्छौँ केहि होइन।'
उनले अन्य राजनीतिक दलहरु एमाले विरुद्ध केन्द्रीत भएर गैरहेको समेत बताए। गौतमले देश संकटपूर्ण अवस्थाम रहेको उल्लेख गर्दै संसदमा लड्ने उल्लेख गरे। ‘संसद भित्र लडौँला, मरौँला तर झुक्ने वाला छैनौँ।'
गौतमले अहिले मुलुकमा संघीयताका कारण द्वन्द्व भएको बताए। 'संघीयताले हामीलाइ द्वन्द्वतिर धकेलेको छ', उनले भने, 'द्वन्द्वको अवस्था संघीयताको बिसले श्रृजना गरेको छ।'
गौतमले नेापलका राजनीतिक दलहरुले पूर्व छलफल विना नै संघियतामा जानु परेको बताए। गौतमले भारतको नाम नलिई अहिले नक्कली समसयामा फसाएर कैरी समाजलाइ द्वन्द्वमा लैजाने प्रयास भएको तर्क गरे। 'बाह्य निर्देशन पालना नगर्दासम्म द्वन्द्वमा फसाउने षड्यन्त्र भैरहेको छ', उनले भने।