PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

​एसीसी युथ एसिया कप : नेपालले मलेसियालाई १ विकेटले हरायो



पहिलोपोस्ट

​एसीसी युथ एसिया कप : नेपालले मलेसियालाई १ विकेटले हरायो

काठमाडौं : श्रीलंकामा भइरहेको एसीसी युथ एसिया कप अनतर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ। समूह चरणको अघिल्ला दुई खेलमा हार बेहोरेको नेपालले मलेसियालाई हराउँदै सान्त्वना जित हासिल गरेको छ।

मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो। नेपालको जितमा अनिल कुमार शाहले सर्बाधिक ३२ रन बनाए। ६६ बल खेलेका अनिलले २ चौका र १ छक्का प्रहार गरे। 

पवन सराफले नटआउट २९ रनको योगदान गरे भने। यस्तै अविनाश कर्णले २९ र दिपेन्द्र सिंह ऐरीले २२ रन जोडे।

नेपालको जितको कप्तान सन्दीप लामिछानेले ४५ औं ओभरको चौथो बलमा विजयी रन प्रहार गरे।  यसअघि नेपालले मलेसियालाई पनि ४४.४ ओभरमै अलआउट गरेको थियो।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको हो।

मलेसियाको लागि कप्तान भिरनदिप सिंहले सर्बाधिक ७५ रन बनाए। यस्तै हासिफ नुरहाइजनले २१ तथा शैफुल्लाहले मलिकले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन।

मलेसियालाई अलआउट गर्ने क्रममा नेपालका आदिल खानले ३ विकेट लिए भने कप्तान सन्दीपल लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए। यस्तै रोहित पौडेल र सुवांकर उराउले १/१ विकेट झारे। मलेसियाका एक खेलाडी रनआउट भए।

(फोटो : रमन शिवाकोटी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell