PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

विवाहको पार्टीमा रुख ढल्दा एकको मृत्यु



पहिलोपोस्ट

विवाहको पार्टीमा रुख ढल्दा एकको मृत्यु

क्यालिफोर्निया (अमेरिका): क्यालिर्फोनियाको विटिएर सहरमा शनिबार भइरहेको विवाह पार्टीमा एक भीषण रुख ढल्दा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका लस एन्जेलस काउन्टी अग्नी नियन्त्रण विभागले जानकारी दिएको छ।
 
शनिबार अपराह्नमा भएको यस घटनामा परी घाइते भएका दुई व्यक्तिको अवस्था गम्भीर भएको जनाइएको छ।
 
अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको छ। नगर समाचार सेवाका समाचारदाताहरूका अनुसार अग्नी नियन्त्रण अधिकारीहरूले यस घटना स्थलमा कम्तीमा छ वटा एम्बुलेन्स पठाएका छन्।
 
अग्नी नियन्त्रण सेवाका चालक दलका सदस्यहरू अझै घटनास्थलमा रहेको बताइएको छ। घटनाको विस्तृत विवरण भने तत्काल प्राप्त भएको छैन। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell