PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

अफगानिस्तानमा सडक दुर्घटना हुँदा १४ व्यक्तिको मृत्यु



पहिलोपोस्ट

अफगानिस्तानमा सडक दुर्घटना  हुँदा १४ व्यक्तिको मृत्यु

काबुल : पश्चिमी अफगानिस्तानको प्रमुख राजमार्ग भएको एक सडक दुर्घटनामा १४ अफगान नागरिकको मृत्यु भएको छ। सर्वसाधारणको एक बस तेलको ट्याङ्करसँग ठोक्किँदा सो घटना भएको छ।
 
फराह प्रान्तमा प्रान्तीय गभर्नरका प्रंवक्ता मोहमद नसेर मेहरीका अनुसार आइतबार भएको यस दुर्घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएका छन्। पश्चिमी हेरातबाट अफगानिस्तानको राजधानी काबुलतर्फ गइरहेको यस बस दुर्घटनामा परी घाइते भएका मध्य कैयौँको अवस्था गम्भीर रहेको मेहरीले जानकारी दिएका छन्।
 
अफगानिस्तानमा सडक दुर्घटना असाधारण घटनाको रुपमा नरहेको र देशभरि वार्षिक रुपमा सडक दुर्घटनामा सयौ व्यक्तिको मृत्यु हुने गरेको छ।
 
उच्च गतिमा र जथाभावी रुपमा सवारी साधन चलाउनु र सडकको मर्मत सम्भारमा कमीको कारण दुर्घटना हुने गरेको अधिकारीहरूको भनाइ रहेको छ। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell