सूर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल इस्टर्न गल्फ टुर भोलीदेखि धरानमा हुँदैछ।यस्तै यस सिजन दुई टुर थप गरी कुल ८ टुर्नामेन्ट आयोजना गरिनेछ।
सोमबार देखि बुधबारसम्म चल्ने गल्फ टुर धरानस्थित निर्वाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुनेछ। ५४ होल्समा हुने प्रतियोगितामा स्थानिय चारसहित कुल ३१ प्रो गल्फरले भाग लिनेछन्।
नेपालका टस गल्फर शिवराम श्रेष्ठ, साविक विजेता भुवन नगरकोटी सहित स्थानिय खेलाडी मणी राई, सन्जय लामा र भन थापा टुरमा हेर्नलायक खेलाडीका रुपमा रहनेछन्।
सूर्य नेपालको प्रायोजन रहेको प्रतियोगितामा कुल पुरस्कार राशी ६ लाख रहेको छ। टुर विजेताले एक लाख १० हजार नगद प्राप्त गर्नेछन् भने उपविजेता र तेस्रो हुनेले क्रमश ७० हजार र ५० हजार हात पार्नेछन्। यस्तै शीर्ष २१ खेलाडीले पनि पुरस्कार पाउनेछन्।
यस सिजन टुर अन्तर्गत कुल ८ प्रतियोगिता हुनेछन्। जसमा 'सूर्य नेपाल काठमाडौं ओपन' र सिजिनको अन्त्यमा हुने 'सूर्य नेपाल मेगा गल्फ च्याम्पियनसिप' थप गरिएको छ। यस बाहेक 'इस्टर्न ओपन'सँगै 'वेष्टर्न ओपन', 'च्यालेन्ज', 'सेन्ट्रल ओपन', 'एनपीजिए म्याच प्ले' र 'एनपीजिए टुर च्याम्पियनसिप'लाई निरन्तरता दिइएको छ।