PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

​रोनाल्डोको ह्याट्रिक मद्वतमा रियलले जित्यो दोस्रो पटक क्लब वर्ल्ड कपको उपाधि



पहिलोपोस्ट

​रोनाल्डोको ह्याट्रिक मद्वतमा रियलले जित्यो दोस्रो पटक क्लब वर्ल्ड कपको उपाधि

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्वतमा घरेलु क्लब कसिमा एन्ट्लर्सलाई पराजित गर्दै स्पानिस जायन्ट रियल मड्रिडले दोस्रो पटक क्लब वर्ल्ड कपको उपाधि जितेको छ।

सोमबार जापानको योकोहोमा इन्टरनेशनल स्टेडियममा भएको फाइनलमा युरोपियन च्याम्पियन रियलले एक्स्ट्रा टाइममा अन्ट्लर्सलाई ४-२ ले पराजित गरेको हो। 

निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो। जहाँ रोनाल्डोले दुई गोल गर्दै रियललाई जित दिलाए।

यसअघि नवौं मिनेटमै करिम बेन्जामाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफ सकिन एक मिनेट अगाडी गाकु सिबासाकीले गोल गर्दै खेल बराबरी गरेका थिए।

५६ औं मिनेटमा सिबासाकीले व्यक्रिगत दोस्रो गोल गर्दै जापनी क्लब एन्ट्लर्सलाई २-१ को अग्रता दिलाएपनि कायम राख्न सकेन। रोनाल्डोले ६० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए। रोनाल्डोले बाँकी दुई गोल एक्स्टरा टाइममा गरे। उनले ९८ औं र १०४ औं मिनेटमा गोल गरे।

रियलले ​यसअघि सन् २०१४ मा मोरोक्कोमा पहिलो पटक क्लब वर्ल्ड कपको उपाधि जितेको थियो। अर्को स्पानिस जायन्ट बार्सिलोनाले अहिलेसम्म सर्बाधिक ३ पटक क्लब वर्ल्ड कपको उपाधि जितेको छ। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell