PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

जोर्डनमा प्रहरी चौकीमा आक्रमण : चार प्रहरी र एक पर्यटकको मृत्यु



पहिलोपोस्ट

जोर्डन : जोर्डनको दक्षिणी क्षेत्रमा रहेको एक प्रहरी कार्यालयमा अज्ञात समूहको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ । अज्ञात समूहको आक्रमणमा परेर चार प्रहरी र एक क्यानडेली पर्यटककोे मृत्यु भएको हो । 

घटना जोर्डनको राजधानी अम्मानबाट १२० किलोमिटर दक्षिणमा अवस्थित पर्यटकीय सहरमा भएको थियो । घटनामा नौ जना घाइते भएका छन् । 
जोर्डनको धार्मिक एवम् पर्यटकीय महत्वको काराक क्षेत्रमा रहेको प्रहरी कार्यालयमा भएको आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन । 

प्रहरीले घटनामा संलग्न मानिसको खोजी कार्य जारी राखेको बताउँदै दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताएको छ । 
रासस÷एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell