PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

​पुस दोस्रो साता ओखलढुंगामा विराज कप भलिबल हुने



पहिलोपोस्ट

काठमाडौं : खेल पर्यटनको विकास गर्ने उद्देश्यले ओखलढुंगामा विराज कप खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

विराज समाज काठमाडौं र जलदेवी समाजसेवी युवा क्लब जन्तरखानी ओखलढुंगाले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगिता यही पुस ११ देखि १३ गतेसम्म ओखढुंगा गाविसको जन्तरखानी गाविसमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद २५ हजार कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले १० हजार पाउनेछन्। 

यस्तै प्रतियोगितामा भाग लिनका लागि टीमहरुलाई पुस ११ गते बिहानसम्म टीम दर्ता गर्न सकिनेछ। दर्ता शुल्क एक हजार तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell