PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

'​सातौं राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पुरा '



पहिलोपोस्ट

विराटनगर : यही पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न जिल्लामा हुने सातौं राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पुरा भएको राखेपले बताएको छ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै राखेपका सदस्य सचिव केशवकुमार विष्टले बृहत खेलकुदका लागि सबै तयारी पुरा भएको बताए।

इटहरीमा शनिबार पूर्वाञ्चल र मध्यमाञ्चलको क्षेत्रीय बक्सिङ छनोट प्रतियोगिताको सकिएसँगै सातौंको लागि सम्पूर्ण क्षेत्रको छनोट प्रतियोगिता सम्पन्न भइसकेको राखेपले जनाएको छ। सदस्य सचिव विष्टले अबको अर्जुनदृष्टि सातौंलाई कसरी भब्य, व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्ने भन्नेमा रहेको बताए। 

'नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सर्वसाधारण, सरोकार निकाय, विभिन्न सञ्चारमाध्यलगायत सम्पूर्णलाई सातौं राष्ट्रियलाई सफल बनाउन सहयोगको आव्हान गर्दछु। यो अवधिमा सातौं राष्ट्रिय खेलकुदलाई असर गर्ने गरी कुनै पनि प्रकारका कार्यक्रम नगरी दिनुहुन सबैमा आग्रह गर्दछु।' विष्टले भने।

यता सातौं खेलकुद अन्तर्गत महिला फुटबल शनिबारदेखि नै सुनसरीको दुहबी रंगशालामा सुरु भइसकेको छ। सातौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने पुस ८ मा हुनेछ।

सातौंमा कुल समावेश ३५ खेलमध्ये ट्रायथलन, शारीरिक सुगठन र पौडीको प्रतियोगिता यसअघि नै भइसकेको छ भने स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङको पदक गणना हुने छैन। बाँकी २८ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कांस्य गरी कुल १०३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell