PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

उद्योगमन्त्रीको दावी : दश वर्षपछि कामका लागि युवा विदेशीनु पर्दैन



पहिलोपोस्ट

उद्योगमन्त्रीको दावी : दश वर्षपछि कामका लागि युवा विदेशीनु पर्दैन

लमजुङ : उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षपछि युवा मजदुरीको निम्ती विदेश जान नपर्ने दावी गरेका छन् । पाँचौ लमजुङ महोत्सवको समापनकाक्रममा जोशीले मुलुकमा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउने तयारी भएको र आगामी १० वर्षमा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने दावी गरेका हुन् । 

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याई केही वर्षमै सेना, प्रहरी, शिक्षक, निजामती कर्मचारीलगायतका लागि कपडा उत्पादन गर्ने उनले बताए । 

'सरकारी मात्र होइन, निजी उद्योगलाई पनि पुनः सञ्चालनको निम्ती पहल भइरहेको छ,' – मन्त्री जोशीले भने“नीति नियममा सहजीकरण गर्न सरकार लागीपरेको छ ।' 

मुलुकको समृद्धि विकास उद्योगबाट मात्रै सम्भव भएको भन्दै मन्त्री जोशीले राष्ट्रिय हैसियत राख्नेखालका उद्योग सञ्चालनमा ल्याइने बताए । राजनीतिक अस्थिरताका कारण उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उनले मुलुक आर्थिक उन्नतिमा लम्किएको दाबी गरे । 
राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell